• ४ साउन २०८३, सोमबार
  • ८:२२ बेलुका

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार १०:५०

श्रावण ४ ,२०८२ काठमाडौं ।  नेपालि बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन शुक्रबार सुन एक लाख ९२ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि बढेको छ । आज चाँदी दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो । आज दश ग्राम सुनको मूल्य एक लाख ६५ हजार ७२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ५९ रुपैयाँ रहेको छ ।

Kamana Sewa

प्रतिकृया