• १४ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको प्रधानमन्त्री ओलीको भनाइ

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ११:०४

असार ३१,२०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालन गर्न आवश्यक संरचना र पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिए। मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले उक्त कुरा बताए।

National Life

यसअघि असार २४ गतेको बाढीले रसुवागढीको मितेरी पुल बगाउँदा आवागमन बन्द भएको दिन प्रधानमन्त्री ओलीले स्थलगत निरीक्षण गर्दै वैकल्पिक मार्ग र नाका सञ्चालनका लागि निर्देशन दिए। प्रधानमन्त्रीले बेनीघाट–कोराला सडक निर्माण, मुक्तिनाथ केवलकार परियोजना, स्याउको सुपर जोन, च्याङ्ग्रापालनजस्ता कार्यलाई प्राथमिकता दिएको पनि उल्लेख गरे।प्रतिनिधिमण्डलले माथिल्लो मुस्ताङमा विदेशी पर्यटकलाई लाग्ने ५०० डलर शुल्कका कारण पर्यटन प्रभावित भएको भन्दै शुल्क पुनरावलोकनको माग राखेको थियो।

कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्ड कालोपत्र र कोराला नाका सञ्चालनका लागि भन्सार, अध्यागमन, सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत संरचना निर्माणको आवश्यकता औंल्याइएको थियो। प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। ९७ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का हुन बाँकी छ भने चारवटा खोलामा पुल निर्माणका ठेक्का तोडिएकाले पुनः सुरु गर्नुपर्ने देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया