• ५ साउन २०८३, मंगलबार
  • ५:३३ बेलुका

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार १०:४३

असार ३१,२०८२ काठमाडौं । अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको ज्यान गएको छ। लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको असार २९ गते राति करिब ९ बजे भएको दुर्घटनामा मृत्यु भएको हो।

प्रहरीका अनुसार भारी वर्षाका कारण यादवले चलाएको कार चिप्लिएर रूखमा ठोक्किएपछि आगलागी भएको थियो। यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन्।

Kamana Sewa

विश्वविद्यालयले शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र विद्यार्थीहरूका लागि परामर्श सेवा उपलब्ध गराएको जनाएको छ। मृतक युवाहरू नेपालका नागरिक भए पनि उनीहरूको ठेगाना खुल्न बाँकी छ।

Classic Tech Desktop

प्रतिकृया