• ४ साउन २०८३, सोमबार
  • २:२८ बिहान

काठमाडौं महानगरपालिकाको बजेट करिब २५ अर्ब

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार ०३:०८

असार २७,२०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक बिहीबार सम्पन्न भएको छ। प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाडौं प्लाजास्थित महानगर कार्यालयमा बसेको उक्त बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ करोड रुपैयाँको बजेट सिमा निर्धारण गरेको हो।

बैठकमा प्रमुख शाहले जनताको चाहनाअनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न निर्देशन दिएका छन्। साथै, चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार विकासमा बजेट वृद्धि गर्ने निर्णय समेत बैठकले गरेको छ।

Kamana Sewa

राजस्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव र विभिन्न विभागीय प्रमुखहरूको सहभागिता रहेको बैठकले बजेट तयारीलाई तिव्रता दिने विषयमा पनि छलफल गरेको थियो।

Classic Tech Desktop

आगामी शुक्रबार बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तोक्नेछ। सो नगरसभामार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिनेछ। नगरसभामा प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन्।

प्रतिकृया