• १३ असोज २०८३, मंगलबार
  • १ः४९ राती

नेविसंघको बालुवाटार प्रदर्शनमा प्रहरी हस्तक्षेप, ६ विद्यार्थी पक्राउ

प्रकाशित मिति

२०८२ असार २७ गते, शुक्रबार १२:२६

असार २७,२०८२ काठमाडौं । विद्यालय र विश्वविद्यालय शिक्षामा पारदर्शिता र न्यायोचित व्यवस्थाको माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौँ जिल्ला कार्यसमितिको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।

National Life

नेविसंघले दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी वितरण, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने, र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्तिको माग गर्दै आन्दोलन चलाउँदै आएको छ। शुक्रबार बिहान भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी ६ जना विद्यार्थी नेतालाई पक्राउ गरेको नेविसंघ काठमाडौँ जिल्ला अध्यक्ष अंशुल केसीले जानकारी दिए। पक्राउ पर्नेहरूमा अध्यक्ष केसी स्वयं, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, रोहन देशार र सतीश यादव रहेका छन्।

अध्यक्ष केसीका अनुसार, “विद्यार्थीहरूको पक्षमा र पारदर्शी तथा गुणस्तरीय शिक्षाका लागि आन्दोलन गर्दा सरकारले दमन गर्ने प्रयास गरेको छ।” नेविसंघले प्रदर्शनलाई शान्तिपूर्ण र लोकतान्त्रिक अधिकारको अभ्यास भएको दाबी गर्दै पक्राउ गरिएका विद्यार्थीहरूको रिहाइको माग गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया