• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

सिटिजन्स सदाबहार योजना संचालनका लागि इकाई खरिदबिक्रि गर्न सिटिजन्स क्यापिटल लिमिटेडले खोल्यो आवेदन

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०८:२१

काठमाडौं – सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडले इकाई खरिदविक्रिका लागि आवेदन खुला गरेको छ । पचास करोडको लक्ष्य राखिएको प्रथम खुलामुखी सिटिजन्स सदाबहार योजना संचालन लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त गरेर आउदो आषाढ १३ देखि २७ गते बेलुका ५ बजेसम्मका लागि खरिदबिक्रि गर्न आवेदन खुलेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

National Life

योजनाको इकाईखरिद गर्नका लागि मेरो शेयर खाता (आफ्नो) मार्फत वासि–आश्वा (C-ASBA) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखाकार्यालयहरुबाट समेत आवेदन दिन सकिने विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

उक्त योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई ( प्रतिइकाई १० को दरले न्यूनतम रकम एक हजार र अधिकतम रकम पाँच करोड सम्म) खरिद आवेदनदिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीयप्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५ दशमलव १० प्रतिशत हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायककम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचयकोष तथा प्रतिष्ठित उद्योगीव्यवसायीहरुको सह–लगानी समेत छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखाकार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको पनि विज्ञप्ती माफर्त बताइएको छ ।

प्रतिकृया