• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

बाढीका कारण चार जलविद्युत आयोजनामा क्षति

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार ०४:०७

असार २४, २०८२ काठमाडौं । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण प्रमुख चार जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको त्रिशुली थ्री ‘ए’, २१ मेगावाटको चिलिमे र १९ मेगावाट क्षमताको बेनी जलविद्युत आयोजनामा क्षति पुगेको हो।

National Life

सबैभन्दा बढी क्षति रसुवागढी आयोजना प्रभावित
रसुवागढी जलविद्युत आयोजनामा निर्माणाधीन संरचना र पहुँच मार्गमा गम्भीर क्षति पुगेको जनाइएको छ। बाढीले आयोजनाअन्तर्गतको एकवटा पुलसमेत बगाएको छ, जसले निर्माण कार्यमा थप अवरोध पुर्‍याएको छ।

त्रिशुली थ्री ‘ए’ मा कार्यालय प्रभावित
त्रिशुली थ्री ‘ए’ आयोजनाको कार्यालय भवनमा बाढी पसेपछि त्यहाँ रहेका केही उपकरण र सामग्रीमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। यद्यपि आयोजनाको मूल संरचना भने सुरक्षित रहेको प्रारम्भिक आकलन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चिलिमे र बेनीमा सामान्य क्षति
२१ मेगावाटको चिलिमे र १९ मेगावाटको बेनी जलविद्युत आयोजनामा भने सानो क्षति पुगेको जनाइएको छ। बाढीका कारण आयोजनास्थलसँग जोडिएका सडकहरू अवरुद्ध हुँदा आवागमनमा समेत कठिनाइ भएको छ।

प्राविधिक टोलीले क्षतिको विस्तृत मूल्यांकनको काम अगाडि बढाइरहेको छ भने बाढीको कारण र थप सम्भावित जोखिमका बारेमा अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया