• ३ असोज २०८३, शनिबार
  • २ः०० दिउँसो

प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०७:४५

प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। उनले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष शपथ ग्रहण गरेका हुन्।

National Life

शपथग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भयो। कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना र बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो।

कार्की २०८१ सालको वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका थिए। त्यसपछि २०८२ साल असार १९ गते बसेको बैंकको ३८०औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको थियो। उनले आज बसेको ३८१औं बैठकमा अध्यक्षको रूपमा पहिलोपटक अध्यक्षता पनि गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया