• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०३:१९

असार २३, २०८२ भक्तपुर । चाँगुनारायण नगरपालिकामा आयोजित ‘अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन’ विषयक कार्यक्रममा देखिएको विवादका कारण कार्यपालिका बैठक स्थगित गरिएको छ।

National Life

शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरद्वारा आयोजित कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै तीव्र प्रतिक्रिया दिएका थिए। उनले शाखाले “शिक्षा होइन, अशिक्षा फैलाइरहेको” आरोप लगाउँदै तत्काल सुधार नभए तालाबन्दी गर्ने चेतावनीसमेत दिएका थिए।

कार्यक्रम र गतिविधिहरूको सम्बन्धमा कार्यपालिका बैठकको जानकारी समयमै नदिएकोप्रति गम्भीर असन्तोष जनाउँदै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूलाई केवल हस्ताक्षरका लागि मात्र जानकारी दिइएको गुनासो व्यक्त गरे। साथै, कार्यक्रममा ७३ हजार रुपैयाँसम्मको भत्ता वितरण गरिएको विषयमा पनि उनले असन्तुष्टि प्रकट गर्दै पारदर्शिताको अभाव रहेको संकेत गरे।”

Classic Tech Mobile
Classic Tech Desktop

बुढाथोकीले आफ्नो धारणा राखेपछि कार्यक्रम स्थल छाडे, जसपश्चात वातावरण तनावपूर्ण बनेको थियो। उनका प्रश्नहरूको जवाफ दिन सहभागी अन्य वक्ताहरूले चासो नदेखाएपछि कार्यपालिका बैठक बस्नै नसकिएको वडा नं २ का अध्यक्ष सोमप्रसाद प्रधानले जानकारी दिए।

प्रतिकृया