• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

सभामुख घिमिरेले आज बोलाए कार्यव्यवस्थाको बैठक

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार १०:२९

असार २३, २०८२ काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूची तय गर्नेछ।

National Life

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिनेछन भने संघीय निजामती सेवा विधेयकमा त्रुटि भएको भन्दै गठन गरिएको विशेष समिति सम्बन्धी औपचारिक जानकारी पनि सभामुखले दिनुहुनेछ। त्यस्तै, ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८०’, ‘भन्सार विधेयक, २०८०’, ‘विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिनेछ।

उद्योगमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक’ पेश गर्ने छन्। साथै महालेखापरीक्षकको ६२औं प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पनि टेबुल गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया