‘मेरी बास्सै’की अप्सरा आमाको निधन,पशुपतिमा गरियो अन्त्येष्टि
प्रकाशित मिति
२०८२ असार २१ गते, शनिबार ११:०७
असार २१ , २०८२ काठमाडौं ।नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ ।श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् ।
श्रेष्ठको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपालको झन्डा ओढाइएको थियो । अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपकप्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाललगायत कलाकारको उपस्थिति रहेको थियो ।
श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’सँगै हिजो आजका कुरु सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस्)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् । उनी पछिल्लो केही वर्षयता क्यान्सर रोगबाट पीडित थिइन् भने पछिल्लो ३५ दिनदेखि ओछ्यानमै थलिएकी थिइन् ।








प्रतिकृया