• २१ असोज २०८३, बुधबार
  • ५ः०१ बिहान

वाग्मती प्रदेशसभामा बजेटमाथि छलफल प्रारम्भ हुँदै

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार १०:३८

असार २०, २०८२ काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटमाथि औपचारिक छलफल सुरु हुने भएको हो।

National Life

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथि छलफलपछि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जवाफ दिनेछन्। त्यसपछि खर्च कटौती प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची तय गरिएको छ।

बिहीबार साँझदेखि सत्तापक्ष र प्रतिपक्षबीच सहमति कायम भएसँगै बैठक सञ्चालनमा आएको हो। सो बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया