• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

निजामती सेवा विधेयकमाथि षड्यन्त्र भयो: अध्यक्ष प्रचण्ड

प्रकाशित मिति

२०८२ असार १७ गते, मंगलवार ०३:५४

असार १७, २०८२ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित वाइसीएल, नेपाल (योङ कम्युनिष्ट लिग) को केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेडखानी भएको आरोप लगाए। उनले त्यसप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राखे।

Kamana Sewa

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ,’ प्रचण्डले भने, ‘संघीय निजामती सेवा विधेयकमा पनि त्यस्तै षड्यन्त्र देखिएको छ। कसले बदमासी गर्‍यो, त्यो पत्ता लगाएर कारबाही गर्छौं।’

Classic Tech Desktop

प्रतिनिधिसभामा पारित भएको विधेयकमा “बाहेक” भन्ने शब्द थपिएको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ। यसअघि राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि कर्मचारी अवकाशपछिको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था गरिएको थियो। तर अन्तिम समयमा आएर त्यसमा परिवर्तन गरिएको भन्दै संशय पैदा भएको छ।

प्रचण्डले संविधान र जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयास यदाकदा भइरहने गरेको र हाल पुनः त्यसकै पुनरावृत्ति हुनसक्ने खतरा औंल्याए। ‘हामीले विगतमा पनि प्रतिगमनविरुद्ध संघर्ष गरेका थियौं, अहिले पनि त्यसका विरुद्ध सजग रहनुपर्छ,’ उनले भने।

प्रतिकृया