नवलपरासी करदाता सेवा कार्यालयबाट ११ महिनामा ९२ करोडभन्दा बढी राजस्व सङ्कलन
प्रकाशित मिति
२०८२ असार १२ गते, बिहीबार १०:०७
असार १२ , २०८२ काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा बर्दघाट सुस्ता पश्चिमस्थित नवलपरासी करदाता सेवा कार्यालयले ९२ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयले साउनदेखि जेठ मसान्तसम्म एक अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। यद्यपि सो लक्ष्यअनुसार सङ्कलन नपुगे पनि गत वर्षको तुलनामा ५.१३ प्रतिशतले बढी राजस्व संकलन भएको कार्यालय प्रमुख एवम् कर अधिकृतले जानकारी दिए।
उनका अनुसार संस्थागत आयकर सङ्कलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर (भीएटी) मा १०.८८ प्रतिशतले वृद्धि देखिएको छ। तर, अन्तःशुल्क (Excise duty) तर्फ भने १०.६९ प्रतिशतले राजस्व घटेको छ। “वस्तु उत्पादनमा कमी आएपछि अन्तःशुल्कतर्फको सङ्कलनमा गिरावट आएको हो,” कर अधिकृतले बताए।
२०७७ साल कात्तिक ४ गते स्थापना भएको कार्यालयले नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाउँदै सेवा दिँदै आएको छ। हालसम्म कार्यालयमा २३ हजारभन्दा बढी करदाता दर्ता रहेका छन्। आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्ब २२ करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य राखिएकोमा हालसम्म ८८ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए।








प्रतिकृया