• २१ असोज २०८३, बुधबार
  • ५ः३७ बिहान

एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता आजदेखि, नेपालले सिंगापुरको सामना गर्दै

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार ०९:४२

असार ८, २०८२ काठमाडौं ।  आजदेखि एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता शुरु हुदै छ ।  २२ जुन देखि जुलाई ५ सम्म हुने एसिसिस यू-१६ इष्ट जोन प्रतियोगिता एकदिवसीय फर्म्याटमा मलेसियामा हुदैछ । नेपालले पहिलो खेल आज सिंगापुरविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल आज बिहान ७; ४५ बजेदेखि शुरु हुदैछ ।  त्यस्तै आज भुटान र जापान तथा मलेसिया र हङकङ चाइना पनि खेल्दैछन् ।  

National Life

नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इन्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ । यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू-१६ टिम मलेसिया पुगेको छ । नेपाली टिममा विपिन प्रसाद शर्मा (कप्तान), सुर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेट किपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया