• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची 

प्रकाशित मिति

२०८२ असार ७ गते, शनिबार ०७:१९

असार ७, २०८२ काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सरकारले जेठ १५ गते सदनमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ। बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची छ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ।

Kamana Sewa

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन्।

Classic Tech Desktop

प्रतिकृया