• २१ असोज २०८३, बुधबार
  • ५ः३६ बिहान

नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि

प्रकाशित मिति

२०८२ असार ६ गते, शुक्रबार ०४:१६

असार ६, २०८२ काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको वस्तु तथा सेवा निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको छ। साउनदेखि जेठसम्मको अवधिमा नेपालले २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक उल्लेख छ । गत वर्षको सोही अवधिमा निर्यात १ खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ मात्र रहेको थियो।

National Life

निर्यातमा उल्लेखनीय वृद्धि भए तापनि आयात पनि बढेको देखिन्छ। चालू आर्थिक वर्षको ११ महिनासम्म १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा आयात १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।

यो वृद्धिले नेपालको समग्र वैदेशिक व्यापार १८.८० प्रतिशतले बढाएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुर्‍याएको छ। तथापि, व्यापार घाटा भने अझै उच्च रहँदै गएको छ। चालू वर्षमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो। यसरी हेर्दा व्यापार घाटा ६.३० प्रतिशतले वृद्धि भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया