दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्रीको खुसी प्रकट
प्रकाशित मिति
२०८२ असार ६ गते, शुक्रबार ११:३०
असार ६, २०८२ काठमाडौं । दैलेखमा भूमिगत ग्यासको ठूलो भण्डार फेला परेको समाचारप्रति पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खुसी व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री रहँदा सुरु गरिएको पेट्रोलियम अन्वेषणको फल देखिन थालेको उल्लेख गर्नुभएको हो।
ओलीले आज फेसबुकमार्फत लेख्नुभयो, “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए।” उहाँले थप लेख्नुभयो, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।”
पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न भौगर्भिक परीक्षण सुरु गरेको थियो। यस कार्यका लागि चीन सरकारको सहयोगमा प्रारम्भिक अनुसन्धान भएको थियो।








प्रतिकृया