• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

रास्वपाले आज प्रतिनिधि सभामा किन गरेन नाराबाजी ?

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०३:२५

असार ५, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा जारी राखेको संसदको विरोधको स्वरूप फेरेको छ । विहिबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर बसेका छन् भने उनीहरु यसअघि जस्तो नाराबाजी गरेका छैनन् । 

सभामुख देवराज घिमिरेले संसद्को नियमित प्रक्रिया जारी रहेको समयमा नाराबाजी कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाले विरोधको स्वरूप फेरेको बताइएको छ । सभामुख घिमिरेसँग रास्वपाले नाराबाजी नगर्ने सहमति गरेको बुझिएको छ ।

Kamana Sewa

भिजिट भिसा प्रकरणको विरोध गरिरहेको अर्को दल राप्रपाले भने अवरोधका बीच संसद संचालन गरेको भन्दै आजको बैठक पनि बहिष्कार गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया