• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

श्रीलंकाविरुद्धको टेस्टमा बंगलादेश बलियो अवस्थामा

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार ०७:२९

 असार ४, २०८२ काठमाडौं । बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले दोस्रो दिनको खेल सकिदा ९ विकेट गुमाउदै ४८४ रन बनाएको छ । दोस्रो दिन खेल बर्षाले अवरुद्ध समेत भएको थियो । बंगलादेशले खेलको पहिलो दिन बनाएको २९२ रनबाट दोस्रो दिनको खेल अगाडी बढाएको थियो ।  

बंगलादेशका लागि कप्तान नजमुल होसैन शान्तो १४८ रन बनाएर आउट भएका थिए भने मुशिफिकुर रहिम १६३ रन बनाए । त्यस्तै लिटन दासले ९० रन बनाएका थिए ।  यसअघि मोमिनुल हकले २९ र षडमान इस्लामले १४ रन बनाएर आउट भएका थिए । त्यस्तै अनामुल हक शुन्यमा आउट भएका थिए । त्यस्तै श्रीलंकाका बलर थारिन्दु रत्नायके, असिथा फेर्नान्डो र मिलन रथनायकले ३-३ विकेट लिएका थिए । श्रीलंका टूरमा रहेको बंगलादेशले यस टूरमा २ खेलको टेस्ट सिरिज. ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।     

Kamana Sewa

प्रतिकृया