• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

उद्योग मन्त्रालयको बजेट वितरण: मन्त्रीको जिल्लामै २१ करोडको सडक योजना

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ०२:१०

असार ३, २०८२ काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्रम सडकमा ७५ करोड रुपैयाँ विनियोजन भएको पाइएको छ । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार पहुँचमार्गका नाममा विभिन्न १९ परियोजनामा सो बराबरको रकम विनियोजन भएको हो ।

National Life

यस अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको जिल्ला बैतडीमा मात्रै २१ करोडका ७ योजनामा तीन तीन करोड परेका छन् । बाँकी ११ योजना ३४ करोड ३३ लाखका योजना छन् । विराटनगरको सडक विस्तारमा २० करोड विनियोजन गरिएकाे छ । यी रकम उद्योग मन्त्रालयको यो वर्ष भएको कुल पुँजीगत खर्चको करिब आधा हो । यो वर्ष उक्त मन्त्रालयबाट पुँजीगत खर्चमा १ अर्ब ६० करोड विनियोजन भएको छ ।

बैतडीका आयोजनामध्ये ढोल्यामोड बगौरा विजयपुर पहुँच मार्ग, गाजरी कुर्जेनेटा गर्गे सिगास पहुँच मार्ग, धर्मघर बिजयपुर जडीबुटी पहुँच मार्ग, रुद्रेस्वर मठैराज महादेवस्थान पहुँच मार्ग, खोचलेक धर्मघर माल्लेक पुचौंडी पहुँच मार्ग, संकर बुरौजे विजयपुर तल्लादेही पहुँच मार्ग र छेला दुर्गा भवानी नक्कतडिसेरा सिलेट खानी पहुँच मार्ग रहेका छन् । यी मार्गहरू फलाम खानी, सिलेट खानी र जडीबुटी पहुँच मार्ग निर्माणसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, मन्त्रालयले बैतडी जिल्लामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाको सम्भाव्यता अध्ययनको विषय समेत अगाडि बढाएको छ। सेज स्थापनार्थ वातावरणीय अध्ययन कार्यका लागि छुट्टै १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो मन्त्रालयबाट प्रा झापामा मात्रै २५ करोड ९ लाख ६५ हजार विनियोजन गरिएको छ । यसमध्ये दमक औद्योगिक पार्क निर्माणका लागि २० करोड, सुपारी प्रशोधन केन्द्र स्थापनाका लागि २ करोड, गौरादह, दमक, गौरागंजका लघु उद्योगीलाई अनुदान दिन ३ करोड रुपैयाँ छुट्टाइएको छ । सेज स्थापनार्थ सम्भाव्यता अध्ययनका लागि ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया