• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार १०:३६

असार ३, २०८२ काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ।

National Life

कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

लगानीकर्ताले कम्पनीको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया