• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

एयर इण्डियाका विमानमा लगातार समस्या, मुम्बई आउने यात्रुलाई कोलकोतामै झारियो

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार १०:२३

असार ३, २०८२ काठमाडौं । सान फ्रान्सिस्कोबाट मुम्बई आउदै गरेको एयर इन्डियाको विमाको एउटा इन्जिनमा प्राविधिक गडबडी भएको छ ।

National Life

गएराती १२; ४५ बजे कोलकाता विमानस्थलमा आइपुगेको सो विमान प्राविधिक गडबडी भएपछि मुम्बई आउने यात्रुलाई कोलकोतामै ओरालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

एयर इन्डियाको उडान एआई १८० तालिका अनुसार सान फ्रान्सिस्को विमानस्थलबाट बिहान १२:४५ बजे कोलकाता विमानस्थलमा आइपुग्दा यसको बायाँ इन्जिनमा प्राविधिक गडबडी भएको थियो । चार घण्टाभन्दा बढी समय पछि, बिहान ५:२० बजे, सबै यात्रुहरूलाई विमानबाट ओर्लन भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यो घटना पाँच दिन अघि भएको थियो जब अहमदाबादको सरदार वल्लभभाई अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलको लागि उडान भरेको एयर इन्डियाको विमान दुर्घटना भएपछि भएको हो ।

यसअघि सोमबार हङकङबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान बीचमा प्राविधिक समस्याको आशंका भएपछि पुन: हङकङ फर्किएको थियो ।

यसअघि आइतबार, लन्डनबाट चेन्नई आउने र फ्र्याङ्कफर्टबाट हैदरावाद आउदै गरेको विमान पनि पुन: उडान भरेकै विमानस्थलमा फर्काइएको थियो ।

प्रतिकृया