• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

ट्रम्पको चेतावनी- तेहरान तुरुन्तै खाली गर्नुपर्छ

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार १०:०८

असार ३, २०८२ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान तुरुन्त खाली गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले इजरायलको आक्रमणको समर्थन गर्दै तेहरान तुरुन्त खाली गर्नु पर्ने बताएका हुन् ।

National Life

उनले लेखेका छन्- ‘इरानले मैले उनीहरूलाई हस्ताक्षर गर्न भनेको ‘सम्झौता’ मा हस्ताक्षर गर्नुपर्थ्यो। मानिसहरू मारिनु कति लाजमर्दो कुरा हो । स्पष्ट रूपमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन । मैले यो बारम्बार भनेको छु । सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ ।’

यो पोस्ट गर्नु अघि ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग भेटघाट गरेका थिए । बैठकको सुरुमा ट्रम्पले इरानसँग आणविक सम्झौता अझै पनि हुन सक्ने आफुलाई लागेको बताएका थिए । उनले भनेका थिए- ‘इजरायलले धेरै राम्रो गरिरहेको छ, तपाईंलाई थाहा छ । मैले इरानलाई ६० दिनको समय दिएको थिए । ६१औं दिनमा के भयो तपाईंले देख्नुभयो । मलाई लाग्छ सम्झौता हुनेछ । इरानले यसमा हस्ताक्षर नगर्नु मूर्खता हुनेछ ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता खामेनीलाई लक्षित गर्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा नेतान्याहूले भने- ‘हामी जे गर्नुपर्छ त्यो गरिरहेका छौं । म विस्तृतमा जाँदिन, तर हामीले उनीहरूका शीर्ष आणविक वैज्ञानिकहरूलाई लक्षित गरेका छौं । यो वास्तवमा हिटलरको आणविक टोली हो ।’

प्रतिकृया