• २१ असोज २०८३, बुधबार
  • ५ः४३ बिहान

बजेटमा ब्रह्मलुट मच्चाइयो, प्रमाणको लागि शहरी विकासको बजेट हेरौं- प्रकाश ज्वाला

प्रकाशित मिति

२०८२ असार २ गते, सोमबार ०३:४४

असार २, २०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताएका छन् ।  सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै ज्वालाले बजेट झापा, रूपन्देही र काठमाडौँको निम्ति आएको र मन्त्रीहरूको एकलौटी कब्जामा परेको टिप्पणी गरेका छन् । 

National Life

बजेटले दुर्गमलाई नछोएको बताउँदै उपाध्यक्ष ज्वालाले मन्त्रीहरू आफ्ना दलका कार्यर्तालाई बाढेको स्मरण गराएका छन् । उनले भने- ‘दुर्गमका अस्पतालमा लगानी छैन। यहाँ मन्त्रीहरूले आफ्ना कार्यकर्तालाई मनलाग्दी रकम बाढेको देखियो। अर्कातर्फ तीन करोडका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई लत्याउने काम भएको छ। यो बजेटले समाजवाद दर्शन भुलेको छ। बाटो बिराएको छ ।’  

साथै सांसद ज्वालाले संसदमा प्रतिपक्षी दलद्वारा ह्वेल घेराउ र नाराबाजीका विच संसद चलाउनु दुखद कुरा भएको बताउदै नियमावली अनुसार र हाम्रो संसदीय अभ्यासले पनि यस्ता अवस्थामा संसदको कार्बाही चल्न नसक्ने बताएका थिए । 

Classic Tech Mobile
Classic Tech Desktop

उनले शहरी विकास मन्त्रालय लगायतको बजेट किताबको उदाहरण दिदै बजेटलाई सरकारका मन्त्रीहरु र सत्ता पक्षका नेताहरुले एकलौटी गरेको बताए ।

उनले भने- ‘बजेटमा ब्रह्मलुट मच्चाइएको छ । मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका पार्टी कार्यालय बनाउन अरबौं बजेट बाँडिएको छ । जब कि दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी, विध्यालय भवनजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् । कुनै प्रक्रिया पूरा नगरेका योजनाहरुमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरुले बजेटमा हालीमुहाली गरेका छन् । केन्द्रमा ३ करोडभन्दा माथिका योजनामात्र छनौट गर्ने योजना आयोगको निर्देशिकालाई धज्जी उडाउदै १ लाख, ५० हजार, १ हजारसम्मका योजनामा बजेट छरपस्ट गरिएको छ । बजेट बनाउदा र वितरण गर्दा नै ठूलो भ्रष्टाचार र अनियमितता भएको छ । के देश भनेको झापा, रुपन्देही र काठ्माण्डौंमात्र हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नाङ्गो नमूना अरु के हुन सक्छ ? के यसरी नै आर्थिक अनुशासन कायम गर्न खोज्नु भएको छ अर्थ मन्त्री ज्यू ? यस्तो जनविरोधी, मन्त्रीमूखी बजेटलाई कसरी समर्थन गर्न सकिन्छ ? यसमा हाम्रो घोर आपत्ति र विरोध छ ।’ 

प्रतिकृया