• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ११:३९

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित केदारनाथ क्षेत्र नजिकै रहेको गौरीकुण्ड जंगलमा आज बिहान भएको एक हेलिकप्टर दुर्घटनामा पाइलटसहित ७ जनाको मृत्यु भएको छ। आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ मन्दिरबाट गुप्तकाशीका लागि उडेको थियो। तीर्थयात्रु बोकेको हेलिकप्टर उडानपछि केही समयमै गौरीकुण्ड क्षेत्रको ज‌ंगलमा दुर्घटनाग्रस्त भएको हो।

National Life

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा पाइलटसहित सबै यात्रुको घटनास्थलमै मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा खराब मौसमले दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले जानकारी दिँदै हेलिकप्टरमा सवार सबै यात्रुहरू भारतका विभिन्न राज्यहरू – उत्तराखण्ड, उत्तर प्रदेश, महाराष्ट्र र गुजरात – का रहेका बताएका छन्।

दुर्घटनापछि स्थानीय प्रशासन, उद्धार टोली र सुरक्षा निकाय घटनास्थलमा खटिएका छन्। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया