• २१ असोज २०८३, बुधबार
  • ५ः५२ बिहान

आजदेखि बंगलादेशमा विद्युत निर्यात सुरु

प्रकाशित मिति

२०८२ असार १ गते, आईतवार ०९:१३

काठमाडौं । आजदेखि बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु गरेको छ। सरकारले नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात सुरु गरेको हो।

National Life

गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् गए राति १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो। गत वर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म करिब १२ घण्टामात्र विद्युत निर्यात भएको थियो।

नेपालले हरेक वर्ष पाँच महिना वर्षातको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ।गत वर्ष बंगलादेशसँग विद्युत निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत निर्यात गर्न पाएको थियो । यो वर्षभने आजदेखि पाँच महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल विद्युत प्राधिकरणले त्रिशुली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबीच गत वर्ष सम्झौता भएको थियो। आजदेखि बंगलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ। पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणका विद्युत प्रणाली नियन्त्रण विभागले जनाएको छ ।

प्रतिकृया