• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले तीन सदस्यीय कार्यदल गठन गर्‍यो

प्रकाशित मिति

२०८२ जेष्ठ ३१ गते, शनिबार ०७:५३

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा राष्ट्र बैंकले तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा भुवनकुमार दाहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रहेका छन् । यो कार्यदलको समयावधि एक महिनाको रहने गरी देहाय बमोजिमका कार्य सम्पन्न गर्न जिम्मेवारी प्रदान गरिएको छः

National Life

·–बैकिङ नीति नियमनलाई उदार तर विवेकशील ( प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा

–आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा

Classic Tech Mobile
Classic Tech Desktop

–ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा

–बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post merger ) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा

–नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा

–पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा

प्रतिकृया