• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०३:५१

काठमाडौं । रविन्द्र मिश्र र धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुँदै छ। अदालतमा बयानका लागि अनुपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो ।

National Life

अदालत स्रोतका अनुसार, उनीहरुविरुद्ध आज पक्राउ पुुर्जी जारी जारी हुने छ । उपचार गर्न हाजिरी जमानीमा छुटेका राणा र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाहिर आएका मिश्र काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्दा पनि अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी हुने भएको हो।

चैत १५ गते काठमाडौं तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा दर्गा प्रसाई लगायतका सात जनालाई बिहीबार राति पुर्पक्षका लागि थुनाका पठाएपछि उनीहरूका विरुद्ध पक्राउ पुर्जी जारी गर्न लागिएको अदालत स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया