• २१ असोज २०८३, बुधबार
  • ५ः५१ बिहान

एयर इन्डियाको जहाजमा बम भएको हल्लाले आकस्मिक अवतरण

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०१:४३

काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ। बम रहेको हल्लापछि विमानलाई आकस्मिक अवतरण गराइएको हो। ए आई ३७९ विमानमा १५६ यात्री थिए।

National Life

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडेलगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पीटीआईका अनुसार, थाइल्याण्डबाट नयाँ दिल्ली जाँदै गरेको एयर इन्डियाको एआई ३७९ विमानले बमको धम्की पाएपछि आपतकालीन अवतरण गराएको थियो।

विहीबार दिउँसो भारतको अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया