• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

तीनकुने घटना प्रकरण: दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

प्रकाशित मिति

२०८२ जेष्ठ ३० गते, शुक्रबार ०१:२७

काठमाडौं । दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका ७ जनालाई गएराति थुनामा पठाउन आदेश गरेका थिए ।

पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएका प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अदालतको आदेशअनुसार, प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई कारागार चलान गरिएको छ ।

Kamana Sewa

पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकाहरुमा घर आगजनी र समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरूसहित छन् ।

Classic Tech Desktop

प्रतिकृया