निफ्राको हरित ऋणपत्रमा मागेको भन्दा ४ गुणा बढीले दिए आवेदन
प्रकाशित मिति
२०८२ जेष्ठ २८ गते, बुधबार ११:२०
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) को हरित ऋण पत्रमा करीब ४ गुणाभन्दा बढीले आवेदन दिएका छन् । ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याजप्रदान गर्नेगरी निफ्राले जारी गरेको रु.५ अर्बको हरित उर्जा ऋणपत्रमा करीब ४ गुणाभन्दा बढी आवेदन परेको हो ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्काशन सुरु भएको यस ऋणपत्र निष्काशनको कार्य जेठ २५ गते सकिएको थियो ।
सर्वसाधाण तर्फको रु.२ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३ हजार ३३ योग्य लगानीकर्ताहरुबाट रु.३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो । प्राईभेट प्लेसमेन्ट तर्फको रु.३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट रु.१५ अर्ब ५९ करोड ५५ लाख को लागि आवेदन परेको थियो । यो ऋण पत्रको प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।








प्रतिकृया