• २१ जेठ २०८३, बिहीबार
  • ३:२३ बेलुका

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को उपाधि प्राइम बैंकलाई

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार ०८:५९

काठमाडौं – महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ चौथो संस्करण सम्पन्न भएको छ। यही जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबार (४ दिन) सम्म काठमाडौंमा सम्पन्न प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ भने नबिल बैंकले द्वितीय स्थान हासिल गरेको छ। प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई डेपुटी गभर्नर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका थिए।

Kamana Sewa

प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाईं, उत्कृष्ट विकेट–किपर नबिल बैंककै विजयपारा लिम्बु, उत्कृष्ट बलर एनएमबि बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आईसीएफसी।फाइनान्सका सुरज तिमिल्सिनालाई घोषणा गरिएको छ।

Classic Tech Desktop

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको यो चौथो संस्करणका सम्पूर्ण प्रायोजक, सहभागी टिम, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गर्ने सबैलाई बैैंक आभार प्रकट गरेको छ।

प्रतिकृया