• २१ असोज २०८३, बुधबार
  • ५ः५८ बिहान

शोधनान्तर सन्तुलनमा सुधार, साढे ४ खर्ब रुपैयाँले बचत

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार १२:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । आज सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको हो ।

National Life

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया