• ३ असोज २०८३, शनिबार
  • ११ः२१ राती

चन्द्रगिरी हिल्सको व्यापारमा गिरावट, ९ महिनामा ६३ करोडको कारोबार

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १२:१२

काठमाडौं । आर्थिक सुस्तता र बढ्दो प्रतिस्पर्धाका कारण चन्द्रगिरी हिल्स लिमिटेडको व्यापारमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा जम्मा ६३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो वर्षहरूमा गरिएको व्यापारभन्दा कम हो।

National Life

कम्पनीका अनुसार सन् २०२४ मा एक अर्ब रुपैयाँको कारोबार भए पनि हाल आर्थिक अवस्था कमजोर हुँदा सर्वसाधारणको खर्च गर्ने क्षमता घटेको र उपत्यकाको आसपासमा अन्य सुविधासम्पन्न होटल र रिसोर्ट खुलेका कारण व्यापारमा दबाव परेको छ।

सन् २०२३ मा कम्पनीले ९१ करोड ३० लाख, सन् २०२२ मा ६६ करोड ९० लाख, र त्यसअघि २२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले २०२४ को कारोबारमध्ये २३ प्रतिशत विदेशी पर्यटकबाट आएको उल्लेख गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया