• ३ असोज २०८३, शनिबार
  • १०ः०१ राती

सदन अवरोध हटाउन प्रतिपक्षी दलहरू छलफलमा

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १२:३२

काठमाडौं । भिजिट भिसा प्रकरणमा दलहरूबीच सहमति जुटाउने प्रयास जारी छ। यद्यपि सहमतिको भाषा र स्वरूप कस्तो हुने भन्ने विषयमा अझै पूर्ण सहमति हुन सकेको छैन।

National Life

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ। बैठकअघि सहमतिको मस्यौदामा अन्तिम टुंगो लगाउने प्रयास भइरहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन्।

दलहरू बहुपक्षीय र दुईपक्षीय छलफलमा जुटिरहेका छन्। सत्तापक्षले मस्यौदा तयार पार्ने जिम्मेवारी लिएको छ, जसअनुसार तयार गरिएको प्रारम्भिक मस्यौदामा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानमा सघाउने भनिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि, अख्तियारले अनुसन्धान सकेपछि समग्रतामा हेर्ने आवश्यक संयन्त्र बनाइने उल्लेख छ। तर, यो प्रस्तावित भाषा प्रति विपक्षी दलहरूको असहमति देखिएको छ।

माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मस्यौदामा “संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति” भन्ने शब्द स्पष्ट रूपमा उल्लेख हुनुपर्ने अडान लिएका छन्।

नेताहरूका अनुसार, दुवै पक्षको धारणा समेट्ने साझा मस्यौदा तयार पार्ने प्रयास भइरहेको छ।

विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यदि आज सहमति जुटे, बैठक नियमित रूपमा सञ्चालनमा आउने सम्भावना रहेको छ।

प्रतिकृया