• ५ असोज २०८३, सोमबार
  • ८ः४४ बिहान

संसदको अवरोध आज हट्न सक्ने, यसरी हुँदैछ सहमति

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ११:४४

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजेदेखि बस्ने छ । विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । पछिल्ला दिनहरूमा भएका छलफलपछि सत्तापक्ष र विपक्षी दलहरू संसदको अवरोध खुलाउन सहमति नजिक पुगेका छन् ।

National Life

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुङ्ग्याउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । विपक्षी दलहरू गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरूका पछिल्ला अभिव्यक्तिहरूले सङ्केत गरेका छन् । संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गर्ने तयारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आफ्नो अडानमा कायम रहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरूले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् । तर, यसबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले अर्को समिति वा आयोग बनाउन नहुने सत्तापक्षको अडानमा उनीहरू लगभग सहमत भएको बुझिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाइ छ । आइतबार नै सहमति हुने भनिएको भए पनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ ।

प्रतिकृया