आजबाट शुरू हुदैं अनेरास्ववियुको २४औं महाधिवेशन , नयाँ युवा नेतृत्व चयन हुने
प्रकाशित मिति
२०८२ जेष्ठ २५ गते, आईतवार ११:२९
काठमाडौं । आजबाट काठमाडौंमा नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन शुरू हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजना हुने उद्घाटन सत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने छन्।
महाधिवेशनले संगठनको भावी नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ। यसपटक नेतृत्व चयनमा ३२ वर्षे उमेर सीमा लागू गरिएकाले पुराना पदाधिकारी महासचिव नरेश शाही, उपाध्यक्ष रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायतका दाबेदार स्वतः प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
संगठनको सचिवस्तरका दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेलजस्ता युवा नेताहरूले अध्यक्ष पदमा आकांक्षा राखेका छन्। उनीहरूमध्ये को नेतृत्वमा आउने भन्ने टुंगो भने अझै लागिसकेको छैन।








प्रतिकृया