• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

१२ बजे बोलाईयो विपक्षी दलहरुको बैठक

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ११:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १२ बजेको लागि बोलाएका छन् ।

National Life

भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध गरिरहेका छन् । तर, पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादीले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेको छ । छानबिन समिति बनाईने प्रतिबद्धतामात्रै आएपनि सदनको अवरोध खुलाउनुपर्ने पक्षमा एकीकृत समाजवादी पार्टी रहेको छ ।

पछिल्लो समय प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सम्वाद बढाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया