• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

अमेरिकाबाट ठूलो संख्यामा नेपाली डिपोर्ट, आज काठमाडौं आइपुग्दै

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार ०९:१६

काठमाडौं । अमेरिकाले ठूलो संख्यामा नेपाली नागरिकलाई एकसाथ डिपोर्ट गरेको छ। करिब ५० जनाको संख्यामा रहेका नेपाली आइतबार अपराह्न ४ बजे काठमाडौं आइपुग्ने तयारीमा छन्।

National Life

अध्यागमन विभागका अनुसार, यो हालसम्मकै एकैपटकमा सबैभन्दा ठूलो डिपोर्ट भएको घटना हो। अमेरिकी दूतावासले डिपोर्टबारे विभागलाई पूर्वसूचना दिएको थियो।

डिपोर्ट गरिएका नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि नेपाल प्रहरीले जिम्मा लिनेछ र मानव तस्करीसम्बन्धी सोधपुछ गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०२५ को जनवरीदेखि जुन ४ सम्म मात्र ट्रम्प प्रशासनले १४० नेपालीलाई अमेरिका बाट डिपोर्ट गरिसकेको छ। धेरैजसो अवैध रूपमा अमेरिका प्रवेश गरेका वा बिनाभिसा बसेका कारण डिपोर्टमा परेका हुन्।

ट्रम्पको आप्रवासन कडाइ नीतिअनुसार, १३ सयभन्दा बढी नेपाली ट्रम्प प्रशासनको निष्कासन सूचीमा परेका छन्।

प्रतिकृया