• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

सूर्यविनायका मेयर थापाको पद निलम्बन नहुने अख्तियारको भनाई

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ०८:४०

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपालसमेत रहेका ९३ जनाविरुद्ध मुद्दा दर्ता प्रकरणमा नाम जोडिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको पद निलम्बन नहुने आयोगले जनाएको छ ।

National Life

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ६३ जनालाई बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएको छ भने थापासहित २८ जना र २ कम्पनीलाई भने विगो, कैद वा जरिवानाको कुनै माग नगरी प्रतिवादी बनाइएको छ । यस घट्नामा मेयर थापा दोषी नदेखिने भएकाले पद खारेज पनि नहुने स्पष्ट भएको बताइएको छ ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित मेयर थापाले जग्गा खरिद मात्रै गरेको र अनियमिततामा कुनै संलग्नतामा नरहेको भन्दै पद निलम्बन नहुने भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

मेयर थापालाई जग्गा खरिद गरकै आधारमा अख्तियारले प्रतिवादी बनाए पनि जग्गा जफतको प्रयोजनको लागि मात्रै प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारका सहायक प्रवक्ता उपसचिव देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

प्रमुख थापाले आफूले साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गर्नुभएको थियो । मेयर थापाले आफूले खरिद गरेको पतञ्जलीको जग्गा भएको भन्ने कुनै जानकारी नभएको र डिल्लीध्वज बराइलीसँग जग्गा खरिद गरेको बताउनु भएको छ । थापाले आफूले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पु¥याई जग्गा खरिद गरेको भन्दै पतञ्जली जग्गा हिनामिना प्रकरणबारे आफूलाई थाहा नभएको बताउनु भएको छ ।

केहीअनलाइन र सामाजिक सञ्जालमा मेयर थापा निलम्बन गरेर गलत सूचना प्रवाह गरेकोप्रति आपत्ति जनाईएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था रहेकाले मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भएको थियो ।

प्रतिकृया