• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड बजेट विनियोजन

प्रकाशित मिति

२०८२ जेष्ठ २३ गते, शुक्रबार ०३:५६

काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीहरू स्वच्छ बनाउने र करिडोर सडकहरू स्तरोन्नति गर्ने योजनालाई आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिएको बताएका छन्।

National Life

काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोर क्षेत्रमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री सिंहले बागमतीसहित उपत्यकाका प्रमुख नदीहरूलाई सफा गर्न सरकारको तर्फबाट ३ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

“नदी सफा राख्नु र वातावरण संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। यस कार्यमा सबैको सक्रिय सहभागिता आवश्यक छ,” मन्त्री सिंहले भने। उनले सहरी क्षेत्रको दिगो विकासका लागि स्वच्छ वातावरण अनिवार्य रहेकोसमेत उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया