• ५ साउन २०८३, मंगलबार
  • ११:२७ बिहान

पूर्वकानुनमन्त्री सिंहविरूद्ध पनि १८ करोड ५८ बिगोसहित भ्रष्टाचार मुद्दा

प्रकाशित मिति

२०८२ जेष्ठ २२ गते, बिहीबार ०२:३८

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै तत्कालीन सरकारका कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको हो ।

यस्तै तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व। डम्बर श्रेष्ठको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल उपर गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

Kamana Sewa

उनीविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया