• २१ असोज २०८३, बुधबार
  • ६ः२२ बिहान

राष्ट्र बैंकमा कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

प्रकाशित मिति

२०८२ जेष्ठ २० गते, मंगलवार ०२:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख रहेका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ। राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले आजैबाट लागू हुने गरी ३ जना कार्यकारी निर्देशकको विभागीय प्रमुखको जिम्मेवारी फेरबदल गरेको हो।

National Life

राष्ट्र बैंकको सुपरिवेक्षण विभाग प्रमुख रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। उनको जिम्मेवारमा जेठ १९ मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घबहादुर रावललाई ल्याइएको छ। रावल मुद्रा व्यवस्थापन विभागमा निर्देशक थिए।

साथै, मुद्रा व्यवस्थापन विभागका प्रमुख रहेका कार्यकारी निर्देशक प्रदिपराज पौड्याललाई भने सूचना प्रविधि विभागमा सरुवा गरिएको हो। सूचना प्रविधि विभागीय प्रमुख कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेको अवकाश भएपछि उक्त विभाग प्रमुखविहीन थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया