• ५ साउन २०८३, मंगलबार
  • ११:४८ बिहान

गृहमन्त्रीसहित ओली, देउवा र प्रचण्ड छलफलमा

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०४:५८

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा संसद्‍मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ।

छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

Kamana Sewa

साथमा गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, महेन्द्रराय यादव, देव गुरुङ, हितराज पाण्डे पनि उपस्थित छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको माग छ। उनीहरुले यसै विषयलाई लिएर संसद् अवरोध समेत गर्दै आएका छन्।

Classic Tech Desktop

प्रतिकृया