• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

सडकमा हडताल गर्न निस्किएको आरोपमा आरोपमा १४ जना पक्राउ

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०३:५९

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ गरेको प्रहरी जनाएको छ ।

उनीहरूविरुद्ध काठमाडौं र पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ। यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका हुन् । सोमबारका लागि नवराज सुवेदी नेतृत्वको राजावादी समूहले पनि बन्द गर्ने घोषणा गरेको थियो ।

Kamana Sewa

प्रतिकृया