• २१ असोज २०८३, बुधबार
  • ६ः२० बिहान

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीको पनि निःशुल्क बस सेवा

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०२:५८

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आज काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २ वटा बस संचालन गरेको छ।

National Life

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट संचालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

थापाका अनुसार अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्यसम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा संचालन गरेको हो।

प्रतिकृया