• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

तीन वर्षमै उल्टियो देउवाको निर्णय, वृद्धभत्ता पाउने उमेर फेरि बढ्यो

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार १२:०७

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर हद फेरि बढाएको छ । अबदेखि वृद्धभत्ता पाउन ७० वर्ष उमेर पुगेका नागरिक मात्र योग्य ठहरिनेछन्।

यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता प्राप्त हुने व्यवस्था थियो। तर सामाजिक सुरक्षा खर्चमा भएको तीव्र वृद्धिको कारण सरकार उमेर सीमा बढाउन बाध्य भएको हो।

Kamana Sewa

पछिल्लोपटक वैशाख ६ गते बसेको मन्त्रिपरिषद बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने निर्णय गरेको हो। सरकारले उक्त कार्य आगामी एक वर्षभित्र कार्यान्वयनमा ल्याउने बताइएको छ।

Classic Tech Desktop

वृद्धभत्ता सम्बन्धी निर्णयले पछिल्लो केही वर्षमा देखिएको राजनीतिक हस्तक्षेपको प्रवृत्तिमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। एमाले नेतृत्वको सरकारले २०७८\७९ मा वृद्धभत्ता रकम ४ हजार रुपैयाँ पुर्‍याएको थियो भने त्यसपछिको कांग्रेस नेतृत्वको सरकारले २०७९/८० को बजेटमा उमेर घटाएर ६८ वर्ष बनाएको थियो।

वृद्धभत्ता पाउने उमेर दुई वर्षले घटाउँदा मात्रै सरकारले अतिरिक्त २० अर्ब रुपैयाँ खर्च गर्नु परेको पञ्जीकरण विभागको तथ्यांकमा उल्लेख छ।

आर्थिक सुधार सुझाव आयोगले पनि हालै सरकारलाई वृद्धभत्ताको खर्च नियन्त्रण गर्न न्यूनतम उमेर ७० वर्ष कायम गर्न सिफारिस गरेको थियो। त्यसैअनुसार सरकारले आयोगको सिफारिसलाई नीति निर्माणमा समेटेको हो।

यद्यपि दलित र एकल महिलाहरूका लागि भत्ता पाउने उमेर ६५ वर्ष पुर्‍याउने सिफारिस भए पनि सरकारले हाललाई ती समूहका भत्ताको उमेर हद यथावत् राखेको छ।

प्रतिकृया