• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

चालू आर्थिक वर्षको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०४:१३

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ। अर्थमन्त्री विष्णु पौडेलका अनुसार कुल विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान छ।

National Life

चालू खर्चतर्फ विनियोजनको ८८/०५ प्रतिशत, पुँजीगत खर्च ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको पौडेलले उल्लेख गरेका छन्। आव २०८१/८२ मा राजस्व परिचालन १७.०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान छ।

वैदेशिक सहायता अनुदान ३४ अर्ब ८९ करोड र ऋण १ खर्ब ६९ अर्ब ६० करोड परिचालित हुने संशोधित अनुमान छ। चालू आवका लागि आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब व्यहोर्ने अनुमान रहे पनि वैशाख मसान्तमा ३ खर्ब ६० अर्ब परिचालन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट ल्याएका थिए।

प्रतिकृया