• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

राजावादीले काठमाडौं केन्द्रित आन्दोलन गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०८:०१

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।

National Life

यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ । एमालेको कार्यक्रम सकिएपछि राजावादीको कार्यक्रम हुनेछ । राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने नाएका छन् ।

प्रतिकृया